राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसंगै राजनीतिक दल लगायत विभिन्न क्षेत्रबाट यसको विरोध सुरु भएको छ। शुक्रबार मध्यरातमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गरेकी थिइन् । मध्यराती देखिनै सामाजिक सञ्जालमा विरोधका स्वर गुन्जन थालेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना महामारीका बेला मध्यावधि चुनावका लागि सरकारको तयारी महंगो पर्ने बताएका छन्। प्रवक्ता शर्माले ट्विटरमार्फत संविधानको सामूहिक बलात्कारको दुष्परिणाम महँगो पर्ने पनि चेतावनी दिएका छन्।
उनले लेखेका छन्,’अहंकारको वृक्षमा विनाशको फल लाग्छ, सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो । बुझिराख्नु राष्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजी, महाव्याधिका बेला मध्यावधिको रंगीन सपना महँगो पर्नेछ।’
त्यस्तै जनता समाजबादी पार्टीका नेता बाबुराम भट्राईले यो मध्यावधी चुनाव नभएर संघिय लोकतान्त्रिक गणतन्त्र खारेज गर्ने प्रपन्च भन्दै यसको विरोधमा उत्रन आग्रह गरेका छन् ।
विघटनको विरोधमा विवेकशील साझा पार्टीपनि उत्रेको छ । पार्टीका संयोजनक मिलन पाण्डेयले प्रम र राष्ट्रपति मिलेर संसदको हत्या गरेको आरोप लगाएका छन्। ‘यो सत्ता कव्जा गर्ने षडयन्त्र हो,’ उनले लेखेका छन्, ‘हामी चुप लागेर बस्दैनौ ।
माओवादी केन्द्रका नेता बर्षमान पुनले लोकतन्त्रमाथीको प्रहार भन्दै संविधन कुल्चेको बताएका छन् । ‘मध्यरातमा डकैती गरियो,’ उनले ट्वीट गरेका छन्, ‘ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरातमै रोज्थे ।’
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गैरराजनीतिक र गैरसंबैधानिक कदमले देशलाई काहालिलाग्दो द्धन्दमा लगेको बताएका छन्।
Reviewed by Milan
on
May 22, 2021
Rating:

No comments: