रत्ननगर, २ जेठ । ९१ वर्षको वृद्ध हजुरबालाइ रन्ननगर १६ का युवाहरुले करिब १२ हजारको खाद्यन्न सामग्री सहित सहयोग हस्तान्तरण गरेको छ । निम्न आर्थिक अवस्था भएको ९१ वर्षको वृद्ध टेक बहादुर मगरलाइ करिब ३ वर्ष अगाडी आफ्नै छोरा बुहारीले छोडेर गएपछि नातिनीको सहारामा बस्दै आएको छ ।
जन जागृती माध्यमिक विद्यालयमा कक्षा ९ मा पढदै आएकी नातिनी गिता मगर पढाइमा पनि अब्बल रहेको बताउछिन । विहान बेलुकी वृद्ध हजुरबालाइ खाना पकाएर खुवाएर पढनु पर्ने बाध्यता पनि सुनाइन । आफ्ना बुवा आमाले छोडेर गएपछि आर्थिक भार पनि थपिएको र विहान बेलुकीे खानामा के पकाउने हो चिन्ताले सताउने गर्छ उनले भनिन् । घरको छानो चुहिने हुदा पानी चुहिएर चुल्हो बाल्न नसकिने हुदा पानी परेको दिन भोकभोकै बस्नु पर्ने बताइन ।
रत्ननगर १६ का वडा अध्यक्ष हेमराज थापाले छिट्टै घर बनाइदिने आश्वासन दिदै तत्काललाइ कोठा खोजेर राखीदिने पनि बताउनु भयो । रन्ननगर १६ को कुंवर टोलमा बस्नुहुने वृद्ध हजुरबालाइ तत्काल राहतका आवश्यक रहेको युवा समाजसेवि सुमन थापाले जानकारी गराएपछि युवा व्यापारी सन्तोष लामा सहित सम्पुर्ण युवाहरुको आर्थिक रकम संकलन पछि वडाको अध्यक्ष सहित खाध्यन्न सामग्री हस्तान्तरण गरिएको हो ।
Reviewed by Milan
on
May 17, 2021
Rating:


No comments: