पुर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका वडा नं १ मा बस दुर्घटना भएको छ । कलैयाबाट काठमाडौं जादै गरेको ना ७ ख ४८५५ नम्बरको बस सोमबार साँझ ७ बजेतिर पल्टिएको हो।
दुर्घटनामा ४ जना गम्भीर घाइते भएको र उनीहरूको उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
बसका चालक तथा सहचालक फरार रहेको र खोजतलास भईरहेको छ । एकै दिशामा गईरहेको कारलाई ओभरटेक गर्ने क्रममा बस अनियन्त्रित भई पल्टिएको हो ।
राप्ती १ पिप्लेमा बस दुर्घटना
Reviewed by Milan
on
May 17, 2021
Rating:
Reviewed by Milan
on
May 17, 2021
Rating:

No comments: